Wednesday, August 21, 2019

संसद बैठक स्थगित

प्रकाशित मिति: 2019/07/31

साउन १५, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको छ। अर्को बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी संसद बैठक स्थगित गरिएको हो।

आजको बैठकमा कांग्रेस र राजपाका सांसदले उभिएर नाराबाजी गरेका थिए। उनीहरुले निर्मला पन्तका हत्यारालाई कारबाही गर, सर्लाहीमा प्रहरीसँगको मुडभेडमा मारिएका भनिएका कुमार पौडेल हत्याको छानबिन गर भन्दै नारा लगाएका थिए। यसअघि सोमबारको बैठक पनि कांग्रेस र राजपाका सांसदको अवरोधका कारण स्थगित भएको थियो।

तपाईंको बिचार