Monday, October 23, 2017

कठिन परिस्थितिमा बुद्धिमत्तापूर्ण निर्णय गर्नुपर्ने सञ्चारमन्त्री रिजालको भनाई

प्रकाशित मिति: 2015/10/04

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्र कठिन मोडमा रहेको बेला बुद्धिमत्तापूर्ण निर्णय गर्नुपर्ने बताउनुभएको छ ।  
राष्ट्रिय अनलाइन पत्रकार संघको प्रारम्भिक साधारण सभा तथा ‘बढ्दो अनलाईन पत्रकारिता, यसको चुनौती र विश्वसनीयता’ नामक विचार गोष्ठीमा बोल्दै मन्त्री रिजालले राजनीतिक पार्टीका कार्यकर्तालाई उचालेर अर्को राष्ट्रलाई गाली गर्दैमा समस्याको समाधान गर्न नसकिने बताउनुभयो । वर्तमान अवस्थामा विरोध भन्दा पनि सुझबुझका साथ अगाडि बढ्नुपर्ने रिजालको धारणा थियो । 
संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै रिजालले अनलाईन पत्रकारहरुले सत्यतथ्य समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । बदलाको भावनाबाट प्रेरित भएर समाचार सम्प्रेषण गर्नु वास्तविक पत्रकारिता हुन नसक्ने उहाँको दावी थियो ।  
कार्यक्रममा सांसद जगदिश्वरनरसिंह केसीले संविधान जारी भईसकेपछिका चुनौतिहरुको सामना गर्नेे दायित्व सबै नेपालीहरुको रहेको धारणा राख्नुभएको थियो । राष्ट्रियतामा आँच नपुग्ने गरी असन्तुष्ट पक्षका मागहरुलाई संवोधन गर्न सकिने केसीले बताउनुभयो । उहाँले त्यस्तै सांसद् मोहनसिंह राठौरले संविधानले सामाजिक सद्भाव सृजना गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो । 
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले बढ्दो अनलाईन र व्यवस्थित नभएको अबस्थामा गठित राष्ट्रिय अनलाइन पत्रकार संघलाई सहयोग गर्न प्रेस काउन्सिल तयार रहेको प्रविवद्धता व्यक्त गर्नुभयो । 
संस्थाका अध्यक्ष मुकुन्द ढ’ंगानाले अनलाइन पत्रिकामा प्रकाशित हुने गलत सुचनालाई खवरदारी गर्ने र अनलाइन पत्रिकाको मर्यादा विकास गर्न प्रेस काउन्सिल नेपालसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  संघलाई निकट भविष्यमा महासंघको स्वरुपमा विकास गर्ने ढुंगानाले बताउनुभयो । 
शिक्षा प्रवद्र्धन समाजका अध्यक्ष शरणरत्न स्थापित, एमनेष्टि इन्टरनेशनलका अध्यक्ष सुर्यबहादुर अधिकारी, ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपालका अध्यक्ष रमेश धमला, कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ्छिरिङ्ग शेर्पालगायतको उपस्थिति रहेको थियो । 

तपाईंको बिचार