Monday, August 26, 2019

प्रधानमन्त्री ओली भोलिमात्रै स्वदेश फर्कनुहुने

प्रकाशित मिति: 2019/08/11

साउन २५, काठमाडौं । उपचारका लागि सिंगापुरमा पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको बसाई एक दिन अझ लम्बिएको छ । अब उहाँ भोलिमात्र स्वदेश फर्किनु हुनेछ । भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको परीक्षण रिपोर्टको बिस्तृत बिवरण नआएपछि आज स्वदेश फर्कने कार्यक्रम स्थगित भएको हो ।

यसअघि प्रधानमन्त्री ओली आज दिउसो स्वदेश फर्कने कार्यक्रम थियो । स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओली स्वस्थ देखिए पनि मृगौला प्रत्यारोपनपछिको समग्र पक्षमा परीक्षण गरिएको कारण समय लम्बिएको बताइएको छ । प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो ।

तपाईंको बिचार