Saturday, October 19, 2019

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रकाशित मिति: 2019/08/12

साउन २७, काठमाडौं । सिंगापुरमा स्वास्थ्य उपचारका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।

उहाँलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता वामदेव गौतम, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका नेताहरु त्रिभुवन विमानस्थलमा पुगेका थिए । विमानस्थलमा मन्त्रीहरू, नेकपाका नेता–कार्यकर्ताहरू र सञ्चारकर्मीको भीड लागेको थियो । 

१० दिनअघि साउन १८ गते प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गर्न सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार गराउन त्यसतर्फ प्रस्थान गरेका थिए ।

ओलीसँगै सिंगापुर गएका प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र निजी चिकित्सा डा दिव्यसिंह शाह पनि स्वादेश फर्किएका छन् ।

तपाईंको बिचार