Friday, July 28, 2017  |    

आगामी नेतृत्वको विषयले कांग्रेसभित्र किचलो

प्रकाशित मिति: 2015/10/05

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
संविधान जारी भएसँगै भावी प्रधानमन्त्रीका लागि अन्तरपार्टी र आन्तरिक पार्टी संघर्ष चर्किएको छ । नेपाली कांग्रेसमा नयाँ सरकारको नेतृत्व कस्ले लिने भन्ने विषयमा संघर्ष चुलिएको छ । व्यवस्थापिका संसदमा सबैभन्दा ठूलो दल भएकाले पनि कांग्रेसले नै नयाँ सरकारको नेतृत्व लिनुपर्ने अडानसहित केही नेताले लबिङ थालेका छन् भने केहीचाहिँ पूर्वसहमतिअनुसार एमालेलाई नै सरकारको नेतृत्व दिनुपर्ने पक्षमा उभिएका छन् । केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शेखर कोइराला, मानबहादुर विक, गगन थापा, अजय चौरसियालगायत नेता सरकारको नेतृत्व छाड्न नहुने पक्षमा छन् भने महामन्त्री कृष्णप्रसाद सिटौलासहित नेताहरू पूर्वसहमति र संविधान कार्यान्वयनमा आउने चुनौती सामना गर्न एमालेसँग मिल्नुपर्ने अडानमा देखिएका छन् ।
अर्जुननरसिंह केसी, शेखर कोईरालासहितको पक्षले संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने भन्दै एमालेसँग सत्ता साझेदारी गर्न नहुने निष्कर्ष निकालेका छन् । संविधान निर्माण भइसकेको अवस्थामा दुई ठूला दलबीच सत्ता साझेदारी गर्ने कुरा संसदीय व्यवस्थाविपरीत हुने उनीहरुको ठम्याइ छ । एकीकृत माओवादीसहितका दलसँग मिलेर कांग्रेसले सरकार बनाउनुपर्ने उनिहरको ठम्याई छ । 
महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेता भने पूर्व सहमतिअनुसार नयाँ सरकारको नेतृत्व एमालेलाई नै दिनुपर्ने पक्षमा देखिएका छन् । कोइराला नेतृत्वमा सरकार गठन हुँदा कांग्रेस र एमालेबीच भएको सातबुँदे समझदारीका साथै संविधान निर्माणका विषयमा प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिअनुसार पनि एमालेलाई सरकारको नेतृत्व दिनुपर्ने उनीहरुको भनाई छ । 

 

तपाईंको बिचार