Friday, November 22, 2019

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँ आइपुगे

प्रकाशित मिति: 2019/08/21

भदौ ४, काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुग्नुभएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर नेपाल आइपुग्नुभएको हो । तीन वर्षको अन्तरालपछि नेपाल–भारत दुईपक्षीय समग्र विषयमा छलफल गर्न २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै काठमाडौं आइपुग्नुभएको हो ।

बैठकमा सहभागी हुनुअगावै उहाँले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसलगत्तै उनले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै, भारतीय दूतावासमा केही राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गन कार्यतालिका छ । विदेश मन्त्रालयको राजनीतिक नेतृत्वमा आएपछि पहिलोपटक नेपाल भ्रमणमा आइपुग्नुभएको हो । उनले २०७२ असोजमा गरेको राजनीतिक भेटघाटको अवस्थालाई चिर्न पनि अहिलेको भेटघाट महत्वपूर्ण मानिएको छ ।

बैठकमा नेपाल भारतबीच रहेको तीन दर्जन संयन्त्रमा रहेको समस्या भए त्यसलाई फुकाउने काम गर्ने छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा ३५ सदस्यीय टोली सहभागी रहने छ ।

बैठकमा सीमा विवाद, बढ्दो व्यापार घाटा, भारतीय लगानीमा सञ्चालित भएको परियोजना, नेपाल भारत प्रवुद्ध व्यक्तिहरुको समूहले तयार पारेको प्रतिवेदन, डुवान समस्यासहितका विषयहरुमा छलफल हुने छ । भारतको विदेशमन्त्री निर्वाचित भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउनु भएको जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नु हुने कार्यक्रम रहेको छ ।

बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ। विभिन्न पाँच क्लस्टरमा छलफल भएपछि बैठक बिहीबार सकिनेछ ।

तपाईंको बिचार