Saturday, September 21, 2019

भारतद्वारा नेपाललाई २ अर्ब ४५ करोड हस्तान्तरण

प्रकाशित मिति: 2019/08/22

भदौ ५, काठमाडौं । नेपाल भारत संयुक्त आयोगको ५ औँ बैठकमा भारतले नेपाललाई २०७२ सालको भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैठकमा नुवाकोट र गोर्खा जिल्लाहरुको पुनर्निर्माणका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई रकमको चेक हस्तान्तरण गरेका छन् ।

भारतले ०७२ को भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो ।

तपाईंको बिचार