Saturday, September 21, 2019

चिनियाँ विदेशमन्त्री वाङ भदौ १५ गते दुई दिने नेपाल भ्रमणमा आउँदै

प्रकाशित मिति: 2019/08/24

भदौ ७, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणमा चिनियाँ विदेशमन्त्री वाङ यि भदौ १५ र १६ गते वाङ नेपाल आउने भएको छ ।

वाङको भ्रमणले चिनियाँ राष्ट्रपति सि जिन पिङको सम्भावित भ्रमणलाई टुंगोमा पु¥याउने अपेक्षा गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि वाङ काठमाडौं आउने पहिलो उच्चस्तर चिनियाँ राजनीतिज्ञ समेत हुनेछन् ।

विदेशमन्त्रीको भ्रमणलाई लिएर काठमाडौंमा उच्च सुरक्षा सतर्कता बढाइएको छ भने तिब्बती शरणार्थीलाई समेत निगरानीमा राखिएको छ । राष्ट्रपति सि जिन पिङको असोज २५ गतेदेखि हुने भारत भ्रमणलाई लक्षित गरी एक दिने नेपाल भ्रमण भएपनि गराउने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ ।

राष्ट्रपति सिको सम्भावित भ्रमण भएमा चिनियाँ अवधारणा बेल्ट एण्ड रोड इनिसिएटिभले गति लिने सरकारको विश्वास छ ।

तपाईंको बिचार