Saturday, September 21, 2019

केन्द्रीय कार्यालय धुम्बराहीमा नेकपा सचिवालय बैठक सुरू

प्रकाशित मिति: 2019/08/26

भदौ ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपांं) को सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्यविभाजनको बाँकी काम सक्ने गरी छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आज पहिलोपटक बैठक बसेको हो। बैठक डाक्नुअघि प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग परामर्श लिएका थिए।

यसअघि बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्दै आएका थिए।

प्रचण्डको अध्यक्षतामा बस्ने आजको बैठकले  केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ नागरिक मञ्चको टुंगो लगाउने तयारी गरेको छ।

यसैगरी  नेकपाले प्रवास कमिटी र ६ वटा महानगरको अध्यक्ष तथा सचिवको जिम्मेवारी बाँडफाँट गर्न पनि बाँकी रहेको छ।

तपाईंको बिचार