Saturday, September 21, 2019

आज चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

प्रकाशित मिति: 2019/09/08

भदौ २२, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ् यी आज नेपाल आउँदै छन्।

दिउँसो साढे ४ बजे चार्टड विमानबाट काठमाण्डौं अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका विदेशमन्त्री वाङ् मंगलबार दिउँसोसम्म नेपालमा रहने कार्यतालिका रहेको छ।

आइतबार नेपाल अवतरण गरेता पनि वाङको राजनीतिक भेटवार्ता सोमबारदेखिमात्रै सुरु हुने परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ।

नेपालमा रहँदा विदेशमन्त्री वाङ्ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग भेटघाट गर्नेछन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ विदेशमन्त्री वाङ्को नेपाल बसाईंका क्रममा नेपाल र बीचको आर्थिक एवम् विकास साझेदारीलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल हुने जानकरी दिए।

वाङ नेपालमा रहेका बेला चिनियाँ राष्ट्रपति सि जिङपिनको नेपाल भ्रमणका बारेमा पनि कुराकानी हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

तपाईंको बिचार