Saturday, September 21, 2019

चिनियाँ विदेशमन्त्री वाङले गरे भक्तपुर दरबार स्वायरको अवलोकन भ्रमण

प्रकाशित मिति: 2019/09/10

भदौ २४, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ भक्तपुर दरबार स्वायर पुगेका छन् ।

मंगलबार बिहान विदेशमन्त्री वाङले दरबार स्क्वायर परिसरमा रहेका दत्तात्रय मन्दिर,पाँचतले मन्दिर लगायतको अवलोकन भ्रमण गरी भक्तपुरका सांस्कृतिक एबं पुरातात्विक सम्पदाहरुबारे जानकारी लिए ।

तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आइप्गेका चिनियाँ विदेशमन्त्री यी वाङले हिजो चन्द्रागिरीको अवलोकन भ्रमण समेत गरेका थिए ।त्यस्तै उनले सोमवारनै प्धानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्या भण्डारीसँग भेट गरी दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल गरेका थिए ।

महत्वपूर्ण मानिएको विदेशमन्त्री वाङको यो भ्रमणलाई चीनका राष्ट्रपति सि जिन पिङको अब हुने नेपाल भ्रमण र सुरक्षाको पूर्व तयारीको रुपमा समेत लिइएको छ ।

तपाईंको बिचार