Thursday, October 24, 2019

गुटउपगुटलाई अन्त्य गर्दै समष्टिगत एकता कायम गर्नु आजको आवश्यक्ताः नेता केसी

प्रकाशित मिति: 2019/09/21

असोज ४, काठमाण्डौ ।  नेपाली काँग्रेस पञ्चकन्या काठमाण्डौ सम्पर्क समितिको आयोजनामा काठमाण्डौमा आयोजना भएको दशै तिहार छठ शुभकामना आदान प्रदान तथा एस.इ.इ परिक्षामा GPA (A+र A) ल्याउँनेलाई समान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीभित्र भएका समस्त गुटउपगुटलाई अन्त्य गर्दै समष्टिगत एकता कायम गर्नु आजको काँग्रेसको आवश्यक्ता भएको बताएका छन् ।

अर्थविद एवं नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य डा रामशरण महतले नेपाली काँग्रेसले सुदृढ बनाएको अर्थतन्त्र कम्युष्टि सरकारले ध्वस्त बनाउने बाटोमा लगेको र अर्थतन्त्र सुधार्न काँग्रेस सरकारको विकल्प नभएको दाबी गरेका थिए ।

युवा नेता एवं नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधान दिवशका अवशरमा काँग्रेस सभापति शेरबहादुर देउवाप्रति अमर्यार्दित ब्यबहार हुनुमा दुःख ब्यक्त गर्दै कम्युनिष्ट सरकारले भ्रष्टाचार कुसासन, हत्या हिंसा, महंगी बढाएको भन्दै बर्तमान ओली सरकारलाई काण्डै काण्डको सरकारको संज्ञा दिएका थिए ।यसै गरि कार्यक्रममा सन्तमान तामाङ , रामेश्वर थापा ,सिता खड्का ,डिल्ली बा थापा ,जगदिश कुइकेल ,अर्जुन गरी ,गोविन्द थपलिया,सरोज के सि,यम बा थापा , सुरेश खड्का , सुमन गिरी , भुपेन्द्व जङ शाहि को समेत उपस्थित रहेको पवन थापाले बताउँनु भयो ।

यसैगरी हिमानि लामिछाने ३.७५ जिपिए सहित पञ्चकन्या गाउँपालिका वडा न २ मा अबस्थित श्री नवसञ्जीवनी मा बि बाट गाउँपालिका प्रथम र सामुदायिक बिद्यालय अन्तर्गत जिल्ला दितिय समेत भएको मा सम्मान समेत गरियको थियो।

संपर्क समिकिा अध्यक्ष गणेश सिटौलाले दशैं, तिहार छठको आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको सभापतित्व गरेका थिए । कार्यक्रममा नुवाकोटबाट काठमाण्डौ आई बसोबास गर्ने काँग्रेस कार्यकर्ताको व्यापक उपस्थिति थियो ।

तपाईंको बिचार