Friday, July 28, 2017  |    

उम्मेद्वारी फिर्ता लिएर आफूलाई समर्थन गर्न कोइरालालाई ओलीको आग्रह

प्रकाशित मिति: 2015/10/11

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी लिई आफूलाई समर्थन गर्न नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई आग्रह गर्नुभएको छ । व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको निर्वाचन सुरु हुनुअघि सम्बोधन गर्दै ओलीले सुशील कोइरालालाई उम्मेदवारी फिर्ता आग्रह गर्नुभएको हो । 
‘कांग्रेससँग हामी सँगै सरकारमा रह्यौ। हाम्रो समर्थनमा कांग्रेसले सरकार बनायो’ ओलीले भन्नुभयो, ‘हामी सँगै रहेर संविधान बनायौँ । गत वर्ष म कांग्रेस बन्दा म प्रस्तावक थिएँ, आज कांग्रेस नहुँदा कस्तोकस्तो लागेको छ।’ 
आफूले सहमतिका साथ नै देशलाई अगाडि बढाउन चाहेको भन्दै संविधानको प्रभावकारी कार्यान्वयनका लागि एकताबद्ध भएर जानु आवश्यक रहेको ओलीको भनाई थियो । 

 

तपाईंको बिचार