Sunday, April 30, 2017  |    

केपी ओली मुलुकको ३८ औँ प्रधानमन्त्रीमा निर्वाचित

प्रकाशित मिति: 2015/10/11

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा ओली मुलुकको ३८ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । 
व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उहाँले ३३८ मत पाउनुभएको थियो । ओलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाउनुभएको छ । मतदानमा ५८७ सभासद सहभागी भएका थिए ।

 

तपाईंको बिचार