Thursday, November 21, 2019

प्रधानमन्त्री ओली अजरबैजान जाँदै

प्रकाशित मिति: 2019/10/24

७ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी ओली बाकुमा आयोजना हुने असंलग्न राष्ट्र समूहको १८ औं बैठकमा सहभागी हुन  आज ११ः४० मा अजरबैजानको राजधानी बाकु जाँदै छन्। २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

शुक्रबार र शनिबार हुने बैठकमा सहभागी हुन प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू जानेछन्।

प्रधानमन्त्री ओलीले बैठकलाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ। वर्तमान विश्वका चुनौतीका विषयमा प्रधानमन्त्रीले आफ्ना धारणा राख्ने जनाइएको छ। अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले शुक्रबार बाकुमा आयोजना गर्ने रात्रीभोजमा पनि प्रधानमन्त्री ओली सहभागी हुने परराष्ट्रले जनाएको छ।

तपाईंको बिचार