Thursday, December 12, 2019

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौंमा

प्रकाशित मिति: 2019/11/12

२५ कार्तिक, काठमाडौं । चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुग्नुभएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ ।

मंगलबार (आज) देखि हुने बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल भ्रमण मूलतः यो सद्भावना भ्रमण हो । स्वतन्त्रतापछि बंगलादेशलाई मान्यता दिने आठौँ मुलुक हो, नेपाल ।

नेपालले जनवरी १९७२ मा बंगलादेशलाई मान्यता दिएपछि सुरुमै कुटनीतिक सम्बन्ध स्थापना भएको देश नेपाल हो ।

तर, ३ दशकदेखि दुवैदेशबाट उच्चस्तरीय राजनीतिक भ्रमण नभएपनि सार्क सम्मेलनका समयमा भने भ्रमण भएका छन् । त्यसैले यो भ्रमणलाई ऐतिहासिक भ्रमणको रुपमा लिइएको छ ।

 

तपाईंको बिचार