Saturday, November 18, 2017

सरकारले राष्ट्रपति चुनावपछिमात्र पूर्णता पाउने

प्रकाशित मिति: 2015/10/17

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
राष्ट्रपति र उपराष्ट्रपति चुनावअघि मन्त्रिपरिषदले पूर्णता नपाउने भएको छ । यसविचमा मन्त्रिपरिषद बिस्तार भने गर्नेछन् ।
आवश्यकताअनुसार प्रधानमन्त्रीले केही मन्त्री थप्ने तर सरकारले पूर्णता चाहिँ राष्ट्रपति चुनावपछि मात्रै पाउने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । यसबीचमा मन्त्रालय बाँडफाँड र न्युनतम साझा कार्यक्रम तय गर्न छलफल शुरु भएको पनि कार्यालयले जनाएको छ ।
सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँड नटुंगिएको, दलहरुभित्र मन्त्री छान्ने प्रक्रिया कठिन भएको र कुन कुन साना दललाई मन्त्री दिने भन्ने समेत टुंगो नलागेका कारण सरकारले पूर्णता नपाउने भएको हो ।
जम्मा २६ मन्त्रालयमध्ये राप्रपा नेपाल र फोरम लोकतान्त्रिकले तीन तीन मन्त्रालय पाउने लगभग टुंगो लागेको छ ।
१४ सांसद भएको फोरम लोकतान्त्रिकले ३ मन्त्रालय पाउने हो भने १२ सांसद रहेको राप्रपाले पनि दुई मन्त्रालय पाउनुपर्ने दावी राप्रपाले प्रधानमन्त्री समक्ष राखेको छ । फोरम लोकतान्त्रिकलाई दुई मन्त्रालय मात्र दिन प्रधानमन्त्रीमाथि दबाब छ ।
त्यस्तै एमाओवादीले ८ मन्त्रालय दावी गरेको छ । तर सभामुखसमेत पाइसकेका कारण एमाओवादीलाई बढिमा ७ मन्त्रालय दिने सम्भावना रहेको जनाईएको छ ।

तपाईंको बिचार