Thursday, December 12, 2019

डुंगा शयर गर्दै बंगलादेशका राष्ट्रपति

प्रकाशित मिति: 2019/11/14

२८ कार्तिक, पोखरा । नेपालको भ्रमणमा आएका बंगलादेशका राष्ट्रिपति मोहम्मद अब्दुल हमिदले कास्कीको पोखरास्थित फेवातालमा डुंगा शयर गरेका छन् । उनी आज मध्यान्ह करिब १२ बजे पोखरा आएका हुन् । विमानस्थलमा उनको स्वागतपछि डुंगा शयर गराइएको हो । 

हमिदको स्वागतका लागि ठाउँठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ । हमिदलाई पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्वागत गरिएको छ ।

 

तपाईंको बिचार