Friday, July 28, 2017  |    

चित्रबहादुर केसी मन्त्री बन्ने

प्रकाशित मिति: 2015/10/18

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
राष्ट्रिय जनमोर्चाले सम्मानजनक जिम्मेवारी पाएको खण्डमा पार्टीबाट मन्त्री उठाउने निर्णय गरेको छ । यसका लागि अध्यक्ष चित्रबहादुर केसीलाई नै सरकारमा पठाउन सकिने निर्णय गरेको छ । तर, सम्मानजनक मन्त्रालय नपाएको अवस्थामा अध्यक्ष केसीको साटो उपाध्यक्ष दूर्गा पौडेल मन्त्री बन्ने आन्तरिक निर्णय गरेको छ ।
तर, प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेपछि मात्रै केसी वा पौडेलमध्ये कसलाई मन्त्री बनाउने भन्ने जनमोर्चाले टुंगो लगाउने बताईएको छ ।
तर, केसीले माग्न लागेको सम्मानजनक मन्त्रालय कुन हो भन्ने चाँहि मोर्चाले गोप्य राखेको छ ।

 

तपाईंको बिचार