Tuesday, September 19, 2017

मधेशी मोर्चाले सरकारसमक्ष १ सय २ बुँदे संविधान संशोधन प्रस्ताव पेश ग¥यो

प्रकाशित मिति: 2015/10/27

गन्तव्य नेपाल न्यूज/काठमाडौँ

संघीय मधेशी मोर्चाले सरकारसमक्ष १ सय २ बुँदे संविधान संशोधन प्रस्ताव पेश गरेको छ । मधेससम्वद्ध पाँच दलीय मोर्चाले मंगलबार अपरान्ह सिंहदरबारमा सरकारी वार्ता टोलीसामु १ सय २ बुँदे संविधान संशोधन प्रस्ताव पेश गरेको हो ।
प्रस्तावमा सरकारी कामकाजमा नेपालीका अलावा हिन्दी र अंग्रेजी भाषा प्रयोग गरिनुपर्ने, राष्ट्रिय गानमा मधेश शब्द थप गरिनुपर्ने, चक्रिय प्रणालीका आधारमा प्रधानमन्त्रीको निर्वाचन गरिनुपर्ने, ७ प्रदेशको सीमांकनमा हेरफेर गरिनुपर्ने लगायतका माग समेटीएका छन् । 
मोर्चाले मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरी मृतकका परिवारका एक सदस्यलाई स्थायी सरकारी जागिर दिनुपर्ने, हिरासतमा रहेका आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्ने, आन्दोलनमा घाइते भएकाहरुको निःशुल्क उपचार गरिनुपर्ने लगायतका ११ बुँदे मागपत्र पनि पेश गरेको छ । 

तपाईंको बिचार