Tuesday, February 18, 2020

मंसिर १५ देखि भरतपुर विमानस्थल १० दिन बन्द रहने

प्रकाशित मिति: 2019/11/28

१२ मंसिर, चितवन । धावनमार्ग (रनवे) ओभरले तथा पार्किङ विस्तारका लागि चितवनको भरतपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार मंसिर १५ गतेबाट २४ गतेसम्म विमानस्थल बन्द हुनेछ । त्यसका लागि विमान कम्पनी तथा अन्य निकायसँग सहमती गरिएको विमानस्थल कार्यालयका प्रमुख पवन गौत्तमले जानकारी दिए ।

प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने ‘नोटाम’ जारी गर्दैछ । यो जारी भएपछि विमान कम्पनी तथा चालकहरुलाई भरतपुर विमानस्थलमा काम भइरहेको र हाल बन्द रहेको सूचना जानकारी हुन्छ । ‘मंसिर १५ गतेबाट १० दिन बन्द गरेर करिब १२ सय मिटरको धावनमार्गमा ओभरले गछौं, पार्किङ पनि विस्तार गरेर सुविधायुक्त बनाउँछौं’ विमानस्थल प्रमुख गौतमले भने ‘केही दिन विमानस्थल बन्द हुँदा असुविधा हुने भयो ।’ बुद्ध एयरका भरतपुर इन्चार्ज भक्त बस्नेतले महिनौ दिनसम्म काम गर्नुपर्ने अवस्था आएकोले बरु १० दिन बन्द गरेर भए पनि कामलाई तीव्रता दिने बिषयमा सहमत भएको बताए 

तपाईंको बिचार