Saturday, March 28, 2020

भ्रमण छोट्याएर स्वदेश फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति: 2019/11/29

१३ मंसिर, काठमाडौं । विदेश भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा झरेपछि पत्रकारसँग कुरा गर्दै उनले आफू भ्रमण छोट्याएर स्वदेश फर्किएको जानकारी दिए । उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो । उनले परिस्थितिबारे भने स्पष्ट खुलाएनन् । 

रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गएको शनिबार उनी रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । ११ गतेसम्म रुस तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने उनको तालिका थियो । रुस भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको पनि मन्त्री ज्ञवालीले जानकारी गराए । यसैगरी रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभलाई पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा संवादमा आउन निम्तो दिइएको उल्लेख गरे ।

 

तपाईंको बिचार