Wednesday, November 22, 2017

मधेसी मोर्चासहित आठ दलले आज हुने राष्ट्रपति चुनावमा भाग नलिने

प्रकाशित मिति: 2015/10/28

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न आठ दलले बुधबार हुने राष्ट्रपति चुनावमा भाग नलिने भएका छन् । ति दलसम्वद्ध ४२ जना सांसदहरु छन् । 
राष्ट्रपतिका लागि सत्तारुढ दलहरुको तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र कांग्रेसका कुलबहादुर गुरुङका उम्मेदवार छन् ।
प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस उम्मेदवार सुशील कोइरालालाई मतदान गरेको थियो । तर, हाल राष्ट्रपति चुनावमा भाग नलिने निर्णय उसले गरेको छ । 

 

तपाईंको बिचार