Friday, March 24, 2017  |    

राजमार्ग अवरोध गर्नेलाई मुद्दा !

प्रकाशित मिति: 2015/10/30

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
गृह मन्त्रालयले मधेस आन्दोलनका नाममा सार्वजनिक गाडी तोडफोड गर्ने र राजमार्ग अवरुद्ध गर्नेलाई मुद्दा चलाउने भएको छ । गृहमन्त्री शक्ति बस्नेतले बुधबार मन्त्री, सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसँग बैठक गरी सार्वजनिक गाडी तोडफोड गर्ने र राजमार्ग अवरुद्ध गर्नेलाई मुद्दा चलाउन निर्देशन दिएका हुन् । 
बैठकमा गृहमन्त्री बस्नेतले गाडी तोडफोड र राजमार्ग अवरुद्ध गर्नेलाई पक्राउ गरी छाड्ने परिपाटीले गर्दा आन्दोलनकारीलाई राज्यले केही गर्न सक्दैन भन्ने भ्रम परेकाले त्यस्तालाई पक्राउ गरेलगत्तै मुद्दा चलाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए । 
बैठकमा गृहमन्त्री बस्नेतले आन्दोलनकारीको मानवअधिकारको रक्षामा नचुक्न सुरक्षा निकायलाई सुझाव पनि दिएका थिए । 
सवारी तोडफोड गर्ने र राजमार्ग अवरोध गर्ने जोकोहीलाई पक्राउ गरी मुद्दा चलाउन मातहतलाई निर्देशन दिइसकेका गृहसचिवालयले जनाएको छ ।  
बैठकमा मन्त्री बस्नेतले राजमार्गमा आन्दोलनकारीलाई भेला हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

 

तपाईंको बिचार