Tuesday, August 22, 2017

उपराष्ट्रपतिमा नन्दकिशोर पुन विजयी

प्रकाशित मिति: 2015/10/31

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
नन्दकिसोर पुन पासाङ उपराष्ट्रपतिमा विजयी हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा कांग्रेसका प्रतिद्धन्द्धी अमियकुमार यादवलाई पछि पार्दै पासाङ संघीय गणतन्त्रात्मक मुलुक नेपालको दोस्रो उपराष्ट्रपतिमा विजयी हुनुभएको हो । 
सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका एमाओवादीका नेता पुनले कुल खसेको मतको ३२५ मत पाउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्दी कांग्रेसका अमियकुमार यादवले २१२ प्राप्त गर्नुभएको छ । १० मत बदर भएको थियो । 

 

तपाईंको बिचार