Monday, June 26, 2017  |    

जायज माग सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीको भनाई

प्रकाशित मिति: 2015/11/02

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
प्रधानमन्त्री जनतालाई दुःख दिने काम स्वीकार्य नहुने भन्दै जायज सबै कुरा मान्न तयार रहेको बताउनु भएको छ । एमाले सम्वद्ध जिफन्तको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समस्या समाधानमा सरकारलाई सहयोग गर्न आन्दोलनरत दलहरुलाई आग्रह गर्नुभएको हो ।
लचिलो भएर वार्ताबाट समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै माग सम्बोधनका लागि सरकार लचिलो हुने बताउनुभयो । 
संविधानमा नमिलेका केही कुरा भए संशोधनमार्फत मिलाउन सकिने तर, सबै दलको साथ चाहिने ओलीको भनाई थियो । 
प्रधानमन्त्री ओलीले नेपालीका लागि नेपालीले बनाएको संविधान कुनै छिमेकी देशविरुद्ध नभएको बताए । 

 

तपाईंको बिचार