Friday, September 22, 2017

भारतीय नाकाबन्दी अमानवीयताको पराकाष्ठा भएको पूर्वप्रधानमन्त्री खनालको भनाई

प्रकाशित मिति: 2015/11/06

गन्तव्य नेपाल न्यूज/ काठमाडौँ

एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपालमाथि भारतले थापेपरेको नाकाबन्दी अमानवीयताको पराकाष्ठा भएको बताउनुभएको छ । उच्चमाध्यमिक शिक्षा परिषद् कर्मचारी संघ नेपालद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले यस्तो बताउनुभएको हो। भारतले हाल नेपाललाई गरेको नाकाबन्दी विश्वव्यापी मान्यता विपरीत भएको भन्दै खनालले नेपालीहरुले नाकाबन्दीको चुनौती सामना गरेर अघि बढ्दै आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । मुलुकको शैक्षिक बेरोजगारीलाई कम गर्नका लागि समयानुकूलको शिक्षा प्रदान गर्नुपर्ने बताउँदै नेता खनालले २०२८ सालको शिक्षा नियमावली वर्तमान समयानुसार नभएकाले नयाँ ऐन ल्याउन जरुरी रहेको बताए ।

तपाईंको बिचार