Saturday, April 29, 2017  |    

तिहारमा राती १० बजेसम्ममात्र देउसी खेल्न गृहको निर्देशन

प्रकाशित मिति: 2015/11/08

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
तिहारको समयमा राती १० बजेसम्म मात्र देउसीभैलो खेल्न सर्वसाधारणसँग गृह मन्त्रालयले आग्रह निर्देशन दिएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी मन्त्रालयले रातको समयमा शान्तिसुरक्षालाई मध्यनजर गरेर  यस्तो निर्देशन दिएको बताएको छ । 
जारी विज्ञप्तिमा पटाका र अन्य विष्फोटक पदार्थको उत्पादन, आयात,ओसारपसार र प्रयोग नगर्नसमेत आग्रह गरिएको छ । यस्ता कार्य नगर्न र गरिए कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।  

 

तपाईंको बिचार