Saturday, March 25, 2017  |    

प्रधानमन्त्रीले आज देशवासीको नाममा सम्बोधन गर्ने

प्रकाशित मिति: 2015/11/10

गन्तव्य नेपाल न्यूज/काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री भएयता पहिलोपटक ओलीले देशवासीको नाममा सम्बोधन गर्न लाग्नुभएको हो । 
सरकार गठन भएको एक महिना पुगेको दिन जनताका नाममा सम्बोधन गर्न लाग्नुभएका प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दी, मुलुकको समसामयीक अवस्थालगायतका विषयहरुलाई समेट्ने बताईएको छ । 
प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले मंगलबार सम्बोधन हुने जानकारी दिनुभएको हो । 

 

तपाईंको बिचार