Friday, April 28, 2017  |    

उच्चस्तरीय संयन्त्रले आज मधेसी मोर्चासँग वार्ता गर्दै

प्रकाशित मिति: 2015/11/15

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
उच्चस्तरीय राजनीतिक संयन्त्रले आज तराईमा आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्ने भएको छ । वार्ता दिउँसो ३ बजे गर्ने तयारी छ गरिएको छ । मधेसी मोर्चासँग हुने वार्तामा विपक्षी दल नेपाली कांग्रेसलाई पनि सहभागी गराउने तयारी सत्तारुढ दलहरुले गरेका छन् । 
कांग्रेसले शनिबार मधेसी मोर्चासँग छलफल गरेर अघिल्लो सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव पारितको लागि सहयोग गर्न आग्रह गरेको थियो । तर, मधेसी मोर्चाका नेताहरुले सीमांकनको विषयमा संविधान संशोधन नभएसम्म समस्या समाधान नहुने बताएका छन् ।
आजको वार्तामा वार्तामा आन्दोलनरत मधेसी मोर्चाको मागलाई सम्बोधन गर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

 

तपाईंको बिचार