Saturday, May 27, 2017  |    

कांग्रेस मधेश समस्याबारे सरकारसँग वार्ता गर्न तयार

प्रकाशित मिति: 2015/11/20

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
नेपाली कांग्रेसले मधेस समस्या समाधानका लागि सहयोग गर्न तयार रहेको बताएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले संसदीय समिति मार्फत मधेस समस्याबारे छलफल गर्ने हो भने सहयोग गर्न तयार रहेको निर्णय गरेको हो । 
‘मधेस समस्या समाधानका लागि दलीय संयन्त्र बन्छ भने संसदभित्र र बाहिर जहाँ भने पनि हामी छलफल गर्न तयार छौं’ पदाधिकारी बैठकको निर्णय सुनाउँदै प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भन्नुभयो । तर, सरकारी वार्ता टोलीमा भने आफूहरु सहभागी नहुने उहाँले बताउनुभयो । 
कांग्रेसले आफ्नो नेतृत्वको सरकारले पेश गरेको संविधान संसोधन प्रस्ताव र मधेस समस्याबारे सरकारँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता बडुले बताउनुभयो ।
बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सीमा क्षेत्रमा कडा आन्दोलन नगर्न र जनजीवन सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ ।

 

तपाईंको बिचार