Monday, June 26, 2017  |    

कार्यकारी निर्देशकको राजीनामा माग्दै आयल निगम घेराउ

प्रकाशित मिति: 2015/11/22


गन्तव्य नेपाल न्यूज/काठमाडौँ
लामो समय वितिसक्दासमेत सरकारले इन्धन आपूर्ति सहज बनाउन नसकेको भन्दै सत्तारुढ दलसम्वद्व विद्यार्थी संगठनहरुले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको राजीनामा मागेका छन् ।
आयल निगमभित्र भ्रष्टाचार र वेथिति मौलाएको तथा कालोबजारीमा निगमकै संलग्नतामा रहेको आरोप लगाउँदै विद्यार्थी संगठनहरुले कार्यकारी निर्देशकको राजीनामा मागेका हुन् । 
सरकारको नेतृत्वकर्ता दल एमालेकै भातृ संगठन अनेरास्ववियु, एकीकृत माओवादीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीलगायत १५ विद्यार्थी संगठनले कार्यकारी निर्देशकको राजीनामा माग्दै आयल निगमको मुख्य कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । 
आइतबार कार्यालय समय सुरु हुनासाथ विद्यार्थी संगठनहरुले आयल निगमको मुख्य कार्यालय अगाडि धर्ना र सभा गरेका हुन् ।  पेट्रालियम पदार्थको आपूर्ति तत्काल सहज बनाउन संगठनहरुले माग गरेका छन् । पेट्रोलियमको आपूर्ति सहज गर्न नसकेको र निगमभित्र भ्रष्टातार तथा वेथिति मौलाएको पनि उनीहरुको आरोप छ । 
विद्यार्थी संगठनहरुले कालोबजारी अन्त्य गर्नुपर्ने, निगम भित्रको भ्रष्टाचार छानबिन गरी सार्वजनिक गर्नुपर्ने र अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउनुपर्नेलगायतका माग गरेका छन् । 

 

तपाईंको बिचार