Monday, May 29, 2017  |    

सर्वोच्चद्वारा स्थानीय निर्वाचन गराउन सरकारलाई निर्देशन

प्रकाशित मिति: 2015/11/24

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
सर्वोच्च अदालतले स्थानीय निर्वाचन नहुँदा मुलुकमा ठूलो प्रभाव परेको भन्दै निर्वाचनको वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण गरेको छ । उपयुक्त व्यवस्था मिलाई निर्वाचन गर्न अदालतले सोमबार सरकारलाई तेस्रो पटक आदेश जारी गरेको हो । 
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठको संयुक्त इजलाशले सरकारको नाममा यस्तो आदेश दिएको हो । अधिवक्ता सुनिलरञ्जन सिंहले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गर्दै २०६८ कात्तिक १६ गते रिट दर्ता गराउनु भएको थियो । 
१७ वर्षदेखि स्थानीय निर्वाचन हुन नसक्दा नागरिकका काम प्रभावित हुँदै आएको रिटकर्ताको दावी छ । यसअघि २०६८ कात्तिक मा प्रधान न्यायाधीश खिलराज रेग्मी र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलाशले अनुकूल समयमा स्थानीय निकायको निर्वाचन गर्न रगराउन सरकारका नाममा आदेश जारी गरेको थियो । 
हरेक पाँच वर्षमा स्थानीय निकायको निर्वाचन गर्ने संवैधानिक व्यवस्था संविधान भए पनि २०५९ देखि निर्वाचन हुन सकेको छैन । 

 

तपाईंको बिचार