Saturday, May 27, 2017  |    

नयाँ शक्तिसहितका आन्दोलनकारी समूहद्वारा सिंहदरबार धर्ना गर्नेलगायतका कार्यक्रम सार्वजनिक

प्रकाशित मिति: 2015/11/29

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियान, मधेसी मोर्चा र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले सिंहदरवारमा धर्ना दिने भएको छ ।
काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्यक्रमको पहिलो चरणको कार्यक्रमअन्तर्गत आज उक्त धर्ना दिईने भएको हो । जसमा १७ गते तराई मधेसमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन अन्तरक्रिया हुँदैछ । नागरिक ऐक्यवद्धता सभा नाम दिइएको कार्यक्रममा भट्टराईका साथै दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौला, पद्मरत्न तुलाधर र मधेसी मोर्चाका शीर्ष नेताहरु लगायतले सम्बोधन गर्नेछन् ।
यस्तै २१ गते सिंहदरवार अगाडि धर्ना दिने कार्यक्रम तय भएको बताईएको छ । त्यस्तै २५ गते ¥याली निकाल्ने र २७ गते सभा गर्ने कार्यक्रम छ ।
कार्यक्रममा मधेसी मोर्चा, नयाँ शक्ति निर्माण अभियान, पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, समाजिक लोकतान्त्रिक पार्टी, थरुहट तरई पार्टी, मगरात, लिम्बुवान संघर्ष समिमति र दलित मुक्ति मोर्चा पनि सहभागी हुनेछ ।

 

तपाईंको बिचार