Friday, July 28, 2017  |    

बालुवाटारको वार्तामा मोर्चाका शीर्ष नेता सहभागी नहुने

प्रकाशित मिति: 2015/11/30

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
निर्णायक ठानिएको सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत मधेसी मोर्चाबीच सोमबार हुने वार्तामामा मोर्चाका शीर्ष नेता सहभागी नहुने भएका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अनुसार आफूहरू विराटगरमा भएको र सरकारले राति अबेर खबर गरेकाले आफूहरु वार्तामा सहभागी हुन नसक्ने बताउनुभएको छ । 
प्रधानमन्त्री केपी ओलीले मधेस आन्दोलनका माग सम्बोधन गर्ने उद्देश्यले बोलाएको बार्ता अहिले ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ ।
बार्तामा सकेसम्म तीन ठूला दलबीच मधेसको मागबारे साझा धारणा बनाउने तयारी गरिरहेका छन् ।
मोर्चाले प्रदेशको सीमांकनमा फेरबदल, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी प्रतिनिधित्व र नागरिकतासम्बन्धी मागलाई वार्ताको न्यूनतम शर्त मान्दै आएको छ ।

 

तपाईंको बिचार