Thursday, October 19, 2017

केही दिनमै स्थितिमा सुधार आउँछ : परराष्ट्रमन्त्री थापा

प्रकाशित मिति: 2015/12/03

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
तीन दिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किनुभएका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले देशको संकटको स्थितिमा केही दिनमा सुधार आउने बताउनुभएको छ । 
त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले भारतीय पक्षसँग सीमामा भइरहेको अवरोध र पारवाहन समस्याबारे कुरा गरेको जानकारी दिनुभयो । ‘मैले भारतीय विदेश मन्त्रीसहित विभिन्न दलका नेताहरुसँग यस विषयमा कुरा गरें’ थापाले भन्नुभयो, ‘केही दिनमै स्थितिमा सुधार आउँछ ।’ 
थापासँगै भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय पनि नेपाल आएका छन् ।

 

तपाईंको बिचार