Wednesday, November 22, 2017

अख्तियारले एमालेलाई फसाउन खोजेको वरिष्ठ नेता नेपालको टिप्पणी

प्रकाशित मिति: 2015/12/06

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पत्र काटेर एमालेलाई फसाउन खोजेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी चिवतनले आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले यस्तो बताउनु भएको हो । 
भ्रष्टाचारबारे छानविन गर्न अख्तियारले १२ जना पूर्वमन्त्रीसहित २९ जनालाई पत्र पठाएर सोधपुछका लागि उपस्थित हुन भनेपछि नेता नेपालको यस्तो प्रतिक्रिया आएको हो । पत्र काटिनेहरुमा एमालेका ६ नेता छन् ।
एमालेका नेताहरुलाई भ्रष्टाचार गरेको आरोपमा पत्र काटेर फसाउन खोजिएको नेता नेपालको भनाई थियो । राष्ट्रिय राजनीतिको नेतृत्व एमालेले गरिरहेका बेला गलत नियतले अख्तियारको सूची सार्वजनिक भएको उनको दाबी थियो । ‘अख्तियारले एमालेलाई प्रहार गरेको छ, यसबाट राष्ट्रिय राजनीतिमा असर पुग्छ,’ नेता नेपालले भने, ‘अहिलेको परिस्थितिमा यस्तो गर्नु हुँदैनथ्यो ।’
यसबारे चितवनमा सोमबारदेखि सुरु हुने राष्ट्रिय भेलाले पार्टीको औपचारिक धारणा तय गर्ने नेता नेपालले जानकारी दिए । नेता नेपालले सीमांकनको विषयमा पनि सबै नेता÷कार्यकर्ताहरुको सुझावअनुसार आवश्यक निर्णय गर्ने बताए ।

 

तपाईंको बिचार