Saturday, August 19, 2017  |    

नाकाबन्दी छिट्टै अन्त्य हुने प्रचण्डको दावी

प्रकाशित मिति: 2015/12/07

गन्तव्य नेपाल न्यूज/काठमाडौं 
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारतले लगाएको नाकाबन्दी अब धेरै समय कायम नरहने बताउनुभएको छ । ‘जनताको संविधान, जनताको माझमा’ अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले नाकाबन्दी छिट्टै हट्ने दावी गर्नुभएको हो ।  
तराई मधेसमा आन्दोलन भइरहेको भन्दै उनले जायज माग पूरा हुने र नाजायज मागको भण्डाफोर गर्ने बताए । देशलाई विखण्डन प्रवृत्तिलाई नेपालीले स्वीकार गर्न नसक्ने उहाँको भनाई थियो । 
तराई मधेसका जायज मागलाई सम्बोधन गर्न आजैबाट संविधान संशोधन प्रक्रिया अघि बढाइने र सीमांकनसम्वन्धि राजनीतिक सहमतिबाट टुंग्याउने प्रयास भइरहेको जानकारी प्रचण्डले दिनुभयो । हाल अहिले देशैभर पैदा भएको राष्ट्रिय जागरणलाई मजबुत पार्दै राष्ट्रिय एकतामा बदल्नु पर्नेमा प्रचण्डको जाृेड थियो । 
एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुले भारत र चीनसँग मित्रवत सम्वन्ध चाहेको भन्दै अहिले देखिएको समस्या छिट्टै समाधान हुने बताउनुभयो । उहाँले नयाँ संविधान जनताको संविधान भएको भन्दै उनले मधेसका जनतालाई विगतको संविधानसँग तुलना गरेर हेर्न आग्रह गर्नुभयो । 

 

तपाईंको बिचार