Wednesday, March 29, 2017  |    

जनकपुरमा तनाव, राष्ट्रपति सहभागी हुने कार्यक्रममा अश्रुग्यास प्रहार गन्तव्य नेपाल न्यूज काठम

प्रकाशित मिति: 2015/12/16

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीेको जनकपुर आगमनको विरोधमा प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्दा जनकपुर तनावग्रस्त भएको छ । 
मोर्चाका कार्यकर्ताहरुले बिभिन्न स्थानमा नाराबाजी गर्दै प्रदर्शन गरिरहँदा आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले भानुचोक, जनकचोक र शिवचोकमा अश्रुग्यास प्रहार गरेको हो ।  
राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखको हैसियतमा रामजानकी मन्दिरको दर्शन गर्न आउने जानकारी पाएलगत्तै मोर्चाका कार्यकर्ताहरुले बहिस्कार गर्ने निर्णय गरेका थिए । उनीहरुले मंगलबार नै राष्ट्रपति भण्डारीको पुत्ला जलाएका थिए ।
मधेसी मोर्चा तथा मधेसी गठबन्धनका कार्यकर्ताहरु संयुक्तरुपमा विरोध प्रदर्शनमा उत्रिएका छन् । अप्रिय घटना हुन नदिन उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाको बख्तरबन्द गाडीसमेत तैनाथ गरिएको छ ।
राम र सीताको परम्परागत विवाह पञ्चमी उत्सवमा सहभागी हुन भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजनहरु जनकपुर आएका छन् । रामको जन्तीको रुपमा भारतीयहरु बाजागाजासहित जनकपुर आउने परम्परा रहिआएको छ ।

 

तपाईंको बिचार