Wednesday, April 26, 2017  |    

नेपाली कांग्रेसको गाउँ तहदेखि जिल्ला तहको अधिवेशन सर्ने संकेत

प्रकाशित मिति: 2016/01/20

गन्तव्य नेपाल न्यूज/काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाअधिवेशन फागुन २० देखि नै हुने भए पनि गाउँ देखि जिल्ला तह सम्मका अधिवेशन एक हप्तापछि सर्ने आन्तरिक तयारी भइरहेको बुझिन आएको छ । महाधिवेशन आउन करिब डेढ महिना बाँकी रहेको अवस्थामा पार्टीको आन्तरिक गृह कार्य नपुगेको भन्ने अधिकांश केन्द्रिय सदस्यहरुको चर्को आलोचना भए पश्चात जिल्ला स्तरिय अधिवेशन सर्न लागेको बताइएको छ । यस अघि गाउँ देखि जिल्लासम्मको अधिवेशन माघ १५ गतेदेखि गाउँ अधिवेशन सुरु भएर २७ गतेसम्म जिल्ला तहका अधिवेशनहरु गर्ने निश्चित भएको थियो ।

१३ औं महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेद्वारी सार्वजनिक गर्दै उपसभापति रामचन्द्र पौंडेल र वरिष्ठ नेता शेरबहादुर देउवा भोट माग्न देश दौडाहामा छन् । तर वर्तमान सभापति सुशील कोइरालाले पद छोड्ने कुनै संकेत गरेका छैनन् र भोट माग्न पनि हिँडेका छैनन् ।

१२ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिँदैमा कोइरालाले एक पटकका लागि मात्रै भनेर भोट मागेका थिए । तर अहिले उनका गतिविधिहरुले फेरि दोर्होयाउने मनस्थिति बुझ्न सकिन्छ । यद्यपी मुख खोल्न भने उनी डराइरहेका छन् वा उपयुक्त समय पर्खेर बसेका छन् ।

 

तपाईंको बिचार