Monday, June 26, 2017  |    

संविधान संशोधनको लागि ९ गते मतदान हुने

प्रकाशित मिति: 2016/01/21

गन्तव्य नेपाल न्यूज/काठमाडौं । संविधान संशोधनको पहिलो विधेयकमाथि माघ ९ गते संसदमा मतदान हुने भएको छ । तराई मधेसमा जारी आन्दोलन र असन्तुष्ट मधेसी समुदायको माग सम्बोधन गर्न भन्दै प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीबीच भएको सहमति भए अनुसार सरकारले संसदमा पेश गरेको संशोधन विधेयकमाथि माघ ७ गतेदेखि दफावार छलफल हुनेछ ।  सकेसम्म ८ गते भित्रै छलफल टुंग्याएर ९ गते मतदान प्रक्रियाबाट टुंगोमा पु¥याउने तयारी भइरहेको प्रमुख तीन दलका नेताहरूले जनाएका छन् । संसद सचिवालयको तयारीलाई मध्यनजर गर्दै सत्तारुढ दल एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बुधबार आफ्नो पार्टीको तर्फबाट संसदमा रहेका सबै सांसदहरुलाई उक्त दिन अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका छन् ।

संविधानको प्रावधान अनुसार संविधानका कुनै पनि धारा, उपधारा, खण्ड वा अनुसूचि संशोधन गर्नु परेमा हाल संसदमा कायम रहेको सदस्य संख्याको अर्थात ५ सय ९६ को दुईतिहाई मतले पारित गर्नुपर्छ । त्यसका लागि संसदमा रहेका प्रमुख तीन दलबीच सहमति हुनु आवश्यक पर्छ । कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले प्रमुख दलबीच भएको सहमति अनुसार नै संविधानको धारा ४२ अन्र्तगतको सामाजिक न्यायको हकमा राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त अबलम्बन गर्ने व्यवस्था संशोधन मार्फत अघि सारेको थियो ।

त्यसैगरी संविधानको धारा ८४ को उपधारा १ को खण्ड क मा जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्ने व्यवस्था अघि सारेको थियो ।

तपाईंको बिचार