Wednesday, November 22, 2017

मधेशी मोर्चासँग तीन दलको कुरा मिलेन, वार्ताको औचित्य छैनः मधेशी मोर्चा

प्रकाशित मिति: 2016/01/21

गन्तव्य नेपाल न्यूज/काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख तीन दलबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावमध्ये मोर्चाको मागसँग अधिकतम मेल खाने प्रस्ताव छनोट गर्ने र सोही संशोधन प्रस्ताव पारितका लागि सहमति कायम गर्ने विषयमा केन्द्रित भएपनि वार्ता निष्कर्षमा पुग्न सकेन । बैठकमा केही नयाँ सहमति हुन नसकेपनि वार्ताकै माध्यमबाट सहमति हुनेमा सरकार विश्वस्त रहेको वार्तामा सहभागी नेताहरुले जानकारी दिए ।

त्यसैगरी, वार्तामा सहभागी मधेशी मोर्चाका नेताहरुले भने सरकारसँग वार्ताको कुनै औचित्य नरहेको बताएका छन् । हरेक पटक वार्ता हुने तर सकारात्मक निष्कर्ष भने केही ननिस्कने भएकाले सरकारसँग वार्तामा बस्नुको औचित्य नभएको बताएका हुन् ।

सरकारसंग मधेसी, जनजाति तथा पिछडिएको वर्गको माग सम्बोधन गर्ने हैसियत नभएको मोर्चाले टिप्पणी गरेको छ भने मोर्चासँगको वार्तालाई निरन्तरता दिने शीर्ष तीन दलले बताएको छ ।

 

तपाईंको बिचार