Saturday, May 27, 2017  |    

सरकारसँग वार्ता नगर्ने मोर्चाको चेतावनी

प्रकाशित मिति: 2016/01/22

माघ ८, काठमाडौं ।सांसदहरुले रंगेली घटना छानविनको माग गरेका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा मधेसी मोर्चा आवद्ध दल र प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले घटनालाई लिएर सरकारको आलोचना गर्दा सत्तारुढ दलका सांसदले भने छानविनको माग गरेका हुन् । सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले वार्ता निर्णायक बन्न लाग्दा सरकारले दमन गरेर परिस्थितिलाई जटिल बनाएको भन्दै वार्ताको औचित्यमै प्रश्न उठाएका   थिए । त्यस्तै, नेपाली कांग्रेसका सांसद महेन्द्र यादवले मधेसमा आतंक मच्याएर सरकारले आफ्नो आयू बढाउन खोजेको आरोप लगाएका थिए ।

तर, सत्तारुढ नेकपा एमालेका संसद यज्ञराज सुनुवारले शान्तिपूर्ण कार्यक्रम बिथोल्ने बहनामा मोर्चाका कार्यकर्ताले गोलीसमेत चलाएको दावी गर्दै घटना छानविनको माग गरे । एकीकृत माओवादीका सांसद रामनारायण विडारीले जुनसुकै पक्षले पनि मान्छे मार्नु गलत हुने भन्दै घटनाको सत्य÷तथ्य बाहिर ल्याउन आग्रह गरे ।

सांसद कर्णले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलका तर्फबाट धारणा राखे लगत्तै ति दलका सांसदले बैठक बहिस्कार गरेका थिए ।

 

तपाईंको बिचार