Monday, December 18, 2017

अपाङ्ग हकहित सुश्निचत गर्न माग

प्रकाशित मिति: 2016/01/22

माघ ८, काठमाडौं । नेपालको संविधानमा अपाङ्गको हकहितका लागि आवश्यक कुरा समावेश गरिएको भए पनि कार्यान्वयनमा भने सरोकारवालाले शंका व्यक्त गरेका छन् । नयाँ बन्दै गरेको अपाङ्गता सम्बन्धि राष्ट्रिय स्वास्थ्य नीति तथा कार्ययोजना गोष्ठीमा सहभागी सरोकारवालाले संविधानमा भएको प्रावधान कार्यान्वयन गर्न आवश्यक ऐन र नीति तर्जुमा गर्न आवश्यक भएको सहभागीले बताए ।  

कार्यक्रममा अपाङ्गता भएकाहरुको तथ्याङ्क संकलन समेत प्रभावकारी ढंगले नगरिएको सहभागीले गुनासो गरेका थिए । राष्ट्रिय जनगणना दुई हजार अट्सठी अनुसार नेपालमा कुल जनसंख्याको दुई दशमलब एक आठ प्रतिशत पुरुष र एक दशमलब सात एक प्रतिशत महिला अपाङ्ग छन् । भूकम्पले घाइते भएका तेइस हजार नागरिक मध्ये अधिकाशं अपाङ्ग बन्न पुगेकाले यस सम्बन्धमा पनि तथ्याङ्क संकलन गर्न उनीहरुले माग गरेका छन् ।

 

तपाईंको बिचार