Thursday, November 23, 2017

आज मोर्चाको बैठक बस्दै

प्रकाशित मिति: 2016/01/24

माघ १०, काठमाडौं । संविधानमा पहिलो संशोधन भएपछि यसबारेमा समीक्षा गर्न र भावी रणनीति तय गर्न आन्दोलनरत मधेसी मोर्चाको बैठक आज बस्ने भएकोछ ।
 
मोर्चासँग सहमति नगरीकन गरिएको संविधान संशोधनले समाधान नदिने प्रतिक्रिया मोर्चाका नेताहरुले दिएका छन् । तर औचापरिक छलफल गरेर निर्णय भने मोर्चाले केही गरेको छैन।
 
संसद्को शनिबार राति बसेको बैठकले संविधानमा पहिलो संशोधन गर्दै मधेसले राखेका मागहरुलाई सम्बोधन गरेको हो । मोर्चाले राखेका अधिकांश मागहरु सम्बोधन भइसकेकोले आन्दोलनको स्वरुप परिवर्तन गर्न मोर्चामाथि दबाब परेको छ।
 
प्रमुख आधार जनसंख्या र दोस्रो आधार भूगोल बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्ने  र राज्यका सबै निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने प्रावधान संशोधनमार्फत संविधानमा समावेश गरिएको छ ।मोर्चाले राखेका मागमध्ये प्रमुख माग यीनै हुन् ।
 
त्यसैगरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सिमांकनको टुंगो लगाउने नीतिगत निर्णय सरकारले गरिसकेको छ भने प्रमुख दलहरुले पनि यसमा लिखित प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।
 
माग सम्बोधन भइसकेपछि पनि नाका केन्द्रित आन्दोलन जारी राख्दा आन्दोलनप्रति नै जनतामा नकारात्मक धारणा बन्नसक्ने अवस्थाको विश्लेषण गर्दै बैठकमा आन्दोलनको परिमार्जन तथा स्वरुप परिवर्तनबारे  पनि छलफल हुने बताइएको छ ।

 

तपाईंको बिचार