Friday, September 22, 2017

प्रचण्डले भने संविधान संशोधन पछि मोर्चा खुसी छ

प्रकाशित मिति: 2016/01/24

माघ १०, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनपछि आन्दोलनरत मधेसी मोर्चाका नेता पनि खुसी भएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संविधान संशोधनका लागि पाँच दलबीच भएको सहमतिबारे मोर्चाका नेतालाई हिजै जानकारी गराउँदा उनीहरुले ‘धन्यवाद’ दिएको दावी गरेका हुन् । सीमाङ्कन विवाद पनि सँगै टुंग्याउनु पर्ने अडानका कारण संशोधनमा मोर्चाको असन्तुष्टिजस्तो देखिएको तर नेताहरु भने भित्रभित्रै खुसी रहेको उनको भनाइ थियो ।

एक अर्को प्रसंगमा अध्यक्ष दाहालले आगामी निर्वाचनमा पहिलो शक्ति बनाउने उद्देश्यका साथ आफू पार्टी पुनर्निर्माण अभियानमा लागेको जानकारी पनि दिए ।।

 

तपाईंको बिचार