Thursday, September 21, 2017

मोर्चाले मानवअधिकार आयोग गुहार्याे

प्रकाशित मिति: 2016/01/24

माघ १०, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेस आन्दोलनका क्रममा सरकारले हिंसात्मक दमन गरेको भन्दै निश्पक्ष अनुसन्धानका लागि सहयोग गर्न राष्ट्रिय मानवअधिकार आयोग समक्ष आग्रह गरेको छ । मोर्चाले आयोगलाई आज बुझाएको ज्ञापन–पत्रमा तराई–मधेसको माग पूरा गर्नुको सट्टा दमनमा उत्रिएको सरकारले मानवअधिकारको गम्भीर हनन् गरेको र त्यसबारे आयोगले ध्यान दिनुपर्ने उल्लेख   छ । मोर्चाले तराई–मधेसको समस्या समाधानमा पहल लिन पनि आयोगको ध्यानाकर्षण गराएको छ ।

ज्ञापन–पत्र बुझ्दै आयोग अध्यक्ष अनुपराज शर्माले आन्दोलनका क्रममा सरकार र आन्दोलनकारी दुवैतर्फबाट मानवअधिकार उलंघनका घटना भएको भन्दै त्यसबारे दुवै पक्षलाई ध्यानाकर्षण गराइएको जानकारी गराए । अध्यक्ष शर्माले आन्दोलनका क्रममा भएका घटनाको निश्पक्ष छानबिन जारी राखिने आश्वासन पनि दिएका थिए ।

 

तपाईंको बिचार