Saturday, May 27, 2017  |    

कांग्रेसले ल्यायो नयाँ नियम, लगातार तीन पटक जिल्ला सभापति बन्नमा रोक

प्रकाशित मिति: 2016/01/25

काठमाडौं । नेपाली कांग्रसको केन्द्रिय समितिले ११ र १२ औ महाधिवेशनबाट लगातार दुइ कार्यकाल जिल्ला सभापति भएको व्यत्ति अव सभापतिको उम्मेदरा बन्न नपाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । तर गाउ, क्षेत्रमा भने यो नियम लागु हुने छैन् । बैठकले निर्धारित मितिमै सबै क्षेत्र, गाउ, जिल्ला र केन्द्रिय महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । साथै क्रियाशिल सदस्यता लिएको एक वर्ष पुगेकालाई मतदानको अधिकार दिने भएको छ । यो निर्णय अनुसार कांग्रेसको १ लाख ५३ हजार नयाँ क्रियाशिल सदस्यताले महाधिवेशनमा मतदान गर्न पाउने छन् ।

 

तपाईंको बिचार