Friday, March 24, 2017  |    

प्रचण्डले भने, अवको दुइ वर्षमा एमाओवादी पहिलो दल

प्रकाशित मिति: 2016/01/25


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अवको दुइ वर्षमा हुने निर्वाचनबाट आफ्नो पार्टी पहिलो ठुलो दल बन्ने दावि गर्नुभएको छ  ।राजधानीमा आज आयोजित एक कार्यक्रममा उहँले आगामी दुइ वर्ष भित्र पार्टीलाई पहिलो दल बनाउने अभियानमा लागेको पनि जनाउनुभयो ।
बाबुराम भट्टराईले गरेको पार्टी परित्यागसँगै अव पार्टी अझ मजवुत हुने विश्वास  समेत अध्यक्ष दाहालले व्यत्त गर्नुभयो । राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिकाले पनि जनताले आफ्नो पार्टीलाई फेरी पत्याउने उहाँले बताउनुभयो । त्यसका साथै फुटेका माओवादी विच एकताको तयारीले यो अभियनालाई थप मदत पु¥याउने उहाँको तर्क थियो ।

 

तपाईंको बिचार