Monday, December 18, 2017

विराटनगरमा प्रहरी र मोर्चा विच फेरी झडप

प्रकाशित मिति: 2016/01/25

 

    आन्दोलनरत संयूत्त लोकतान्त्रि मधेशी मोर्चा र प्रहरी विच आज पनि झडप भएको छ । प्रहरीको गोली लागेर रंगेलीमा मृत्यु भएकाहरुको शव सहित आन्दोलनरत संयूत्त लोकतान्त्रि मधेशी मोर्चाले प्रर्दशन गरेको छ । विरोध प्रर्दशन गर्नु अघि मोर्चा र प्रहरीविच विराटनगरको महाविर चोकमा ढुङ्गाहानाहान भएको छ ।
    टायर बालेर कोसी राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र मोर्चाका विच केही वेर तनाव भएको  थियो । मोर्चाका नेता तथा कार्यकताले प्रहरा गरेको ढुङ्गा लागेर  अहिले जिल्ला प्रहरी कार्यालयको गाडीको सिसा फुटेको छ । उत्त चोकको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

तपाईंको बिचार